सप्तरीको राजविराजमा ६६ औं सहकारी दिवस मनाइयो ( तस्बिर सहित )

मिति: २०२३-०४-०३ , समय : १६:२०:५५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको राजविराज स्थित जिल्ला समन्वय समितिको सभा हलमा ६६ औं सहकारी दिवस एक कार्यक्रम विच सोमवार मनाएको छ ।

जिल्ला सहकारी संघ सप्तरीको आयोजनामा संघका जिल्ला अध्यक्ष विनोद दत्तको अध्यक्षता तथा सहकारीका केन्द्रिय पुर्व अध्यक्ष दिपक कुमार वासकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मधेस कृषि विश्वविधालयका डा. एस.वी. ठाकुर, राष्ट्रिय सहकारी बैंकका बिश्वनाथ मण्डल,तिरहुत गाउपालिकाका अध्यक्ष विजय यादव,सप्तरी उधोग बाणिज्य संघका दुर्गानन्द साह,सचेन्द्र दास,चन्द्रशेखर चौधरी,दिपेन्द्र आचार्य,गणेश आस,तेजनारायण यादव,जिल्ला समन्वय समितिका शिवनारायण साह,सविता न्यौपाने लगायतले आ आफनो विचार ब्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०२३-०४-०३ , समय : १६:२०:५५ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित