मधेस प्रदेश : मुख्यमन्त्री कार्यालयसँगै चारवटा मन्त्रालयको जिम्मा सरोजकुमार यादवलाइ

मिति: २०२३-०४-०४ , समय : २०:५९:४१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएसँगै खाली भएको चारवटा मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले आफुसँग राखेका छन् ।

मंगलबार एमालेबाट मन्त्रीबनेकाहरुले सामुहिक राजीनामा दिएपछि खाली भएको भौतिक पूर्वाधार विकास मन्त्रालय, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मा मुख्यमन्त्री यादवले पाएका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री तथा राज्यमन्त्रीले राजीनामा दिएकाले खाली भएको मन्त्रालयहरुको कार्यभार सम्हाल्नका लागि तोकेका हुन् ।

यता मुख्यमन्त्री यादवले उपनिर्वाचन पश्चात मन्त्रीमण्डल विस्तार गर्ने बताउनुभयाे ।

प्रकाशित मिति: २०२३-०४-०४ , समय : २०:५९:४१ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित