आफ्नो परीक्षा दिन नक्कली परीक्षार्थी पठाएको आरोपमा मेयरविरुद्ध पक्राउ पुर्जी जारी

मिति: २०२३-०४-०७ , समय : १८:१३:५६ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर । मधेस प्रदेशकाे रौतहटकाे देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

साहविरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिनुभयो । माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षार्थी रहेका मेयर साहको सट्टामा नक्कली परीक्षार्थीले परीक्षा दिइरहेको पाइएपछि जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।

यसअघि गएको आइतवार उहाँको सट्टा एसईई दिँदै गरेको आरोपमा प्रहरीले गरुडा नगरपालिका वडा नम्बर ६ पोठियाहीका कमल साहलाई पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएकोले उहाँमाथि पनि छानबिन गर्न पक्राउ पुर्जी जारी गराइएको प्रहरी निरीक्षक कुँवरले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०४-०७ , समय : १८:१३:५६ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित