दुर्गानन्द ठाकुरलाई विद्यालय समिति महासंघका नवनिर्वाचित महासचिव पदमा सम्मानित

मिति: २०२३-०४-१० , समय : ०५:५०:१३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको रुपनी गापाको सामुदायिक विद्यालय व्यवस्थापन समितिमा महासंघको केन्द्रीय महासचिवमा दुर्गानन्द कुरलाई सम्मान गरेको छन् ।
आइतवार गाउँपालिका कार्यालयमा आयोजित एक सम्मानमा गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले निर्वाचित महासचिव ठाकुरलाई सम्मान–पत्र तथा दोसल्ला ओढाई सम्मान गरेका हुन् ।
रुपनी गाउँपालिका स्थित कन्छु नर प्रताप माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्षपदको रुपमा प्रतिनिधित्व गर्दै दुर्गानन्द ठाकुर सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको मधेस प्रदेश समितिको अध्यक्ष तथा केन्द्रीय महासचिव पदमा निर्वाचित भएका हुन् ।
चैत २१ र २२ गते काठमाडौंमा आयोजित सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रीय सम्मेलन तथा तेश्रो महाधिवेशनवाट ठाकुर निर्वाचित भएका हुन् ।
सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले आफ्नो अन्तर्गतको विद्यालय व्यवस्थापन समितिमा अध्यक्षका रुपमा प्रतिनिधित्व गर्दै प्रदेश र केन्द्रीय समितिसम्मको निर्णायक जिम्मेवारीमा पुगेर गाउँपालिकासँगै समग्र जिल्लाको गौरब बढाएको हुन् ।

प्रकाशित मिति: २०२३-०४-१० , समय : ०५:५०:१३ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित