ढाकाकुमार श्रेष्ठको पार्टी सदस्यता तथा सांसद पद खारेज : लामिछाने
मिति: २०२३-०४-१३ , समय : ०४:३९:५१ , गामघर डेस्क
मिति: २०२३-०४-१३ , समय : ०४:३९:५१ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्य खारेज गर्ने निर्णय गरेको छ।
दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय अनुशासन समितिले गरेको छानबिनपछि बुझाएको सिफारिसअनुसार पार्टी विधानको धारा ५६ (४) बमोजिम उनको सदस्यता खारेज गर्ने निर्णय गरेको जानकारी दिए।
पार्टीले सांसद श्रेष्ठको सांसद पद पनि खारेज गर्दै कानुनबमोजिम निर्वाचन आयोगमा बुझाएको सूचीअनुसार विन्द्यवासिनी कंसाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको सभापति लामिछानेले बताए।
प्रकाशित मिति: २०२३-०४-१३ , समय : ०४:३९:५१ , 2 years अगाडि