सिरहामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
मिति: २०२३-०४-१५ , समय : १६:१७:३६ , गामघर डेस्क
मिति: २०२३-०४-१५ , समय : १६:१७:३६ , गामघर डेस्क
गामघर डेस्क
सिरहा ।
सिरहामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। सिरहाको गोलबजार नगरपालिका वडा न.–१ लमाडाँडामा गएराति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो।
नाच हेरेर फर्किने क्रममा गोलबजार– १ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेका थिए। तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेका वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए।
यता घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद बुदाथोकीले जानकारी दिए। शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान लगिएको छ।
प्रकाशित मिति: २०२३-०४-१५ , समय : १६:१७:३६ , 2 years अगाडि