समयमा नै व्यवसाय दर्ता नवीकरण नगर्ने ३३ वटा ठेकेदार कम्पनीको इजाजत रद्द
मिति: २०२३-०४-२७ , समय : १०:३४:३६ , गामघर डेस्क
मिति: २०२३-०४-२७ , समय : १०:३४:३६ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । समयमा नै व्यवसाय दर्ता नवीकरण नगर्ने ३३ वटा ठेकेदार कम्पनीको इजाजत रद्द भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज सूचना निकालेर निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति पाएका तर नवीकरण नगरेका ३३ वटा कम्पनीहरुको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको छ।
मन्त्रालयले पटक पटक म्याद थप गरेर अन्तिम म्याद गएको चैत मसान्तलाई तोकेको थियो । तर चैत मसान्तमा समेत दर्ता नवीकरण नगरेपछि ३३ वटा ठेकेदार कम्पनीको इजाजत नै रद्द गरिएको मन्त्रालयले जनाएको छ।
रद्द भएका कम्पनीले पुन: व्यवसाय गर्न चाहेमा अब नयाँ कम्पनी दर्ताकै प्रक्रिया अपनाउनुपर्नेछ । उज्यालो अनलाइनबाट
प्रकाशित मिति: २०२३-०४-२७ , समय : १०:३४:३६ , 2 years अगाडि