२ लाख रुपैयाँ घुस सहित सई अख्तियारकाे फन्दामा
मिति: २०२३-०५-०५ , समय : १९:२५:०८ , गामघर डेस्क
मिति: २०२३-०५-०५ , समय : १९:२५:०८ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब निरीक्षक (सई) विनोद विष्ट दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टलाई आज शुक्रवार काठमाण्डौको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनले ५० हजार रुपैयाँ नगद र एक लाख ५० हजार रुपैयाँको चेक लिएका थिए ।
यता विष्ट घुस रकम लिनकै लागि महोत्तरीबाट काठमाण्डौ आएका अख्तियारका प्रवक्ता भोला दाहालले बताउनुभयो ।
प्रकाशित मिति: २०२३-०५-०५ , समय : १९:२५:०८ , 2 years अगाडि