श्री एयरलाइन्सकाे जहाज उडानमा प्रतिबन्ध

मिति: २०२३-०५-०८ , समय : १९:०४:४६ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको ९एन–एएनई (डिएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ।

प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो। भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि बीच बाटोबाटै भैरहवा फर्किएको थियो

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दूरीमा पुग्दा जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।

जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो। अवतरणका क्रममा धावनमार्गमै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालिएको थियो। नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२३-०५-०८ , समय : १९:०४:४६ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित