भारतबाट प्रति लिटर साढे ९ रुपैयाँले घटेर आयो पेट्रोलको मूल्य

मिति: २०२३-०५-१६ , समय : १६:२०:३५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौँ ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

आईओसीबाट अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटेर मूल्यसूची आएको निगमले जनाएको छ ।

आईओसीले निगमलाई १५–१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँछ ।

सोअनुसार आईओसीले मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति: २०२३-०५-१६ , समय : १६:२०:३५ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्