सर्वोच्चको फैसला स्वीकार गर्ने रेशम चौधरीको भनाइ, अनर्गल प्रचार नगर्न आग्रह

मिति: २०२३-०५-१७ , समय : १५:११:११ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन् ।

जिल्ला र पुनरावेदन अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेपछि संयमित प्रतिक्रिया दिँदै चौधरीले फैसलालाई सम्मान र स्वीकार गर्ने बताएका हुन् । चौधरीले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न ।’

चौधरीले टीकापुर घटनामाथि गरिएको फैसलामा पुनरावलोकनको बाटो खुला रहेको पनि उल्लेख गरेका छन् । सम्मानित अदालतलाई सम्मान गर्ने भन्दै चौधरीले फैसलामाथि अनर्गल टिप्पणी नगर्न आग्रहसमेत गरेका छन् । सर्वोच्चप्रति भरोसा रहेको भन्दै चौधरीले आफू अझै पनि न्यायिक पर्खाइमा रहेको उल्लेख गरेका छन् । चौधरीले चाँडै ‘धरातल’ नामक पुस्तक सार्वजनिक गर्नेसमेत विज्ञप्तीमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति: २०२३-०५-१७ , समय : १५:११:११ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित