एघारौं पटक मन्त्रिपरिषद् विस्तार : जसपा नेपालबाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त

मिति: २०२३-०५-२३ , समय : १३:५९:०० , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं ।
एघारौं पटक मन्त्रिपरिषद् विस्तार भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरणमन्त्रीमा वीरेन्द्र प्रसाद महतोलाई नियुक्त गरेका हुन्।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भएकी छिन्।

महतो सिरहा ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। जनता समाजवादी पार्टी (जसपा) बाट उठेका उनले जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई पराजित गरेका थिए।

उनीहरुकाे शपथ भोली बुधबार १० बजे हुने बताइएको छ।

प्रकाशित मिति: २०२३-०५-२३ , समय : १३:५९:०० , 2 years अगाडि