मधेस प्रदेशमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
मिति: २०२३-०५-३० , समय : १८:४६:५९ , गामघर डेस्क
मिति: २०२३-०५-३० , समय : १८:४६:५९ , गामघर डेस्क
गामघर डेस्क
लहान ।
मधेस प्रदेशमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
सिरहाको नवराजपुर गाउँपालिका वडा न. –१ स्थित भगवतीपुर चोकमा अाज मोटरसाइकलको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स १० प ६३२० नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्री नवराजपुर–४ का ५५ वर्षीय छबिलप्रसाद साहको लहानस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलले साहलाई सोमबार राति साढे ९ बजे ठक्कर दिएको थियो ।
यता ठक्कर दिने मोटरसाइकलका चालक ३२ वर्षीय अरविन्द मण्डल प्रहरीको नियन्त्रणमा रहेको छ ।
प्रकाशित मिति: २०२३-०५-३० , समय : १८:४६:५९ , 2 years अगाडि