मधेस प्रदेश : झन्डै ८५ लाख मूल्य बराबरको सालको काठ बरामद

मिति: २०२३-०५-३१ , समय : १२:२५:५२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
प्रहरीले मधेस प्रदेशको महोत्तरीबाट ८५ लाख रुपैयाँ बराबरको अवैध सालको काठ बरामद गरेको छ। बिशेष सूचनाको आधारमा ना.६ख. ६६६४ र ना.६ ख. ६२७२ नम्बरको ट्रकलाई बर्दिबास नगरपालिका ५ स्थितबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुबै ट्रकबाट १२१ वटा सालको काठको गोलिया प्रहरीले बरामद गरेको छ । काठको गोलिया सहित दुबै ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ ।

बरामद गरेको १ हजार ५३३ क्यु फिट सालको काठ ८५ लाख ५२ हजार ४४५ मूल्य बराबरको रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए ।

बरामद काठ, सवारी साधन र चालकलाई आवश्यक कार्वाहीको लागि सब डिभिजन वन कार्यालय गढन्ता महोत्तरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-३१ , समय : १२:२५:५२ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित