सप्तरीको महादेवा गाउपालिकाकाे चिम्टिमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरु
मिति: २०२३-०६-०५ , समय : १९:०४:४७ , गामघर डेस्क
मिति: २०२३-०६-०५ , समय : १९:०४:४७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ को चिम्टिमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । वडा नम्बर १ को चिम्टि टोलमा रहेको चन्द्र नहरको पैनीको मर्मत सम्भारको साथै पकरी स्वास्थ्य चौकीको प्राङ्गणको सर–सफाई,डगर,बाटोमा माटो पुर्ने तथा बाटो,धाटो मर्मत लगायतको कार्यमा ११ जना सहभागीे रहेको वडाध्यक्ष जयश्वर किशोर दासले सञ्चारकर्मीलाई बताउनुभयो । सो कार्यमा वडाका गरिबीको रेखा मुनी रहेको तथा आय स्रोत कमजोर भएको वेरोजगार ब्यक्तिहरुको जीवनस्तर उकास्ने उदेश्यले प्रधानमन्त्री रोगार कार्यक्रम सञ्चालन गरेको महादेवा गाउँपालिकामा प्रधानमन्त्री रोगार कार्यक्रमका संयोजक मिथिलेश कुमार मण्डलले बताउनुभयो । उहाँका अनुसार यस वडामा ६० मीटरसम्म सर–सफाई,डगर,बाटोमा माटो पुर्ने तथा बाटो,धाटो मर्मत लगायतको कार्य हुने बताउनुभयो । यस कार्यका लागी गाउँपालिकामा ८० जना जनशक्तिलाई १ सय दिनसम्म रोजगारीका लागी २९ लाख बजेट विनियोजन भएको रोजगार संयोजक मण्डलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०६-०५ , समय : १९:०४:४७ , 2 years अगाडि