बालबालिकाहरुलाइ खाजा खुवाउन ल्याएकाे गणपति उत्कृष्ट सुजिमा जिउँदो किरा फेला परेपछि….?

मिति: २०२३-०६-०८ , समय : १२:४८:०१ , प्रकाश कुमार मण्डल

तस्बिर : गामघर टिभिबाट

प्रकाश कुमार मण्डल

राजविराज । भनिन्छ स्वास्थ्यकाे लागि खानपिन पनि महत्त्व राख्दछ , तर भविष्यका कर्णाधार मानिने बालबालिकाहरुकाे खाजा कार्यक्रमका लागि ल्याइएको सुजिमा किरा फेला परेको छ । सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका वडा न. ७ मा स्थित राष्ट्रिय प्राथमिक विधालय मंसापुर वडा कार्यालय सँगै रहेको विधालयमा विद्यार्थीहरुलाई स्कूलमा दिबा खाजा खुवाउनको लागी ल्याईएको गणपति उत्कृष्ट सुजिमा साे किरा फेला परेका हुन । सप्तरीको हनुमाननगर बजारमा रहेको जगदीश किराणा स्टोरबाट ल्याईएको ५०० ग्रामको सुजी प्याकेटमा अाज बिहान जिउँदै किरा प्याकेट भित्र फेला परेको विधालयका प्रधानाध्यापक मदन लाल मण्डलले बताउनु भयो ।


सोही सुजी सिराहको धनगढीमाइ नगरपालिका वडा न. १० मा उत्पादन गरिएको गणपति उत्कृष्ट सुजीमा सो किरा फेलापरेपछि यस्तो रहस्य खुलेको छ । स्वास्थ्यका लागि खानेकुराले बढि महत्त्व दिने गरेकोले यसरी भविष्यका कर्णाधार मानिने बालबालिकाहरुलाइ खाजा खुवाउनका लागि ल्याइएको साे सुजि प्याकेटमा किरा फेला परेपछि स्थानीय बुद्धिजीवी तथा सराेकारबाला निकायहरुकाे गम्भीर ध्यानाकर्षण भएको छ । उक्त कम्पनीकाे छानवीन गरि अावश्यक कानुनी कार्बाहि गर्नुपर्ने माग स्थानीय अभिभावकहरुले गरेका छन । अहिले सप्तरी सहित मधेस प्रदेशका अधिकाश सामुदायिक विघालयहरुमा दिवा खाजा कार्यक्रम सन्चालन रहेकोले दिवा खाजा कार्यक्रममा यसरी सुजिमा जिउदो किरा फेला परेपछि यसकाे छानवीन हुनुपर्ने माग विघालयका शिक्षकहरुले समेत गरेका छन । यता साे सम्बन्धमा सम्बन्धित कम्पनीसग सम्पर्क गर्दा उहासग सम्पर्क हुन सकेन ।

प्रकाशित मिति: २०२३-०६-०८ , समय : १२:४८:०१ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित