सप्तरी सहित मधेश प्रदेशकाे छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

मिति: २०२३-०६-३० , समय : १७:०७:४६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
मधेस प्रदेशको छुट्टा छुट्टै दुर्घटनामा परेर सप्तरी र महोत्तरीमा दुईजनाको मृत्यु भएको छ ।

सप्तरीको तिरहुत गाउँपालिका वडा न. ५ मैनाकडेरीस्थित सडकमा स ७ प ७७५७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री स्थानीय मोहम्मद मजिदको छोरा १६ वर्षीय मोहम्मद महताजको बिहीबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसेगरि महोत्तरीको सम्सी गाउँपालिका ४ गैडा चोकस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री मनराशिस्वा नगरपालिका ४ साँदा बस्ने ४५ वर्षीय शैलेन्द्रको बिहीबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वर हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यता साे सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

प्रकाशित मिति: २०२३-०६-३० , समय : १७:०७:४६ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित