राष्ट्रियसभामा एमालेले माग्याे प्रधानमन्त्री प्रचण्डकाे राजीनामा
मिति: २०२३-०७-०५ , समय : १६:१०:५४ , गामघर डेस्क
मिति: २०२३-०७-०५ , समय : १६:१०:५४ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा माग गरेको छ ।
बुधवार राष्ट्रियसभा बैठक शुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रीतम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गर्नुभएको हो । उहाँले आफूहरूको माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राख्नुभयो ।
प्रधानमन्त्रीले आफू व्यवसायी सिंहकाे प्रयासमा भारतकाे इसारामा प्रधानमन्त्री बनेकाे अभिव्यक्ति दिएकाले आफ्नाे पार्टीलाई स्वीकार्य नहुने नेता दाहालले बताउनुभयाे ।
नेता दाहालले प्रधानमन्त्रीले आफू आफू भारतको इसारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको पनि बताउनुभयो । एमालेका सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभा बैठक दिउँसाे ३ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएकाे छ । उज्यालो
प्रकाशित मिति: २०२३-०७-०५ , समय : १६:१०:५४ , 2 years अगाडि