कोसी प्रदेशका न्यायाधिवक्ता आचार्यले दिए पदबाट राजीनामा

मिति: २०२३-०७-१० , समय : १९:०३:५३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर ।
कोसी प्रदेश सरकारका न्यायाधिवक्ता गजेन्द्र आचार्यले पदबाट राजीनामा दिएका छन्। सरकार परिवर्तन भएपछि एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नियुक्त गरेका प्रदेश न्यायाधिवक्ता आचार्यले पदबाट राजीनामा दिएका हुन्।

प्रदेश न्यायाधिवक्ता आचार्यले कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापामार्फत संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम २२ असारमा राजीनामा दिएका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले आज सोमबार जानकारी गराएका हुन्।

झापाका कानुन व्यवसायी आचार्यलाई निवर्तमान मुख्यमन्त्री कार्कीले प्रदेश न्यायाधिवक्तामा नियुक्त गरेका थिए। १५ असारमा विश्वासको मत गुमाएपछि कोसी प्रदेशमा २१ असारमा नयाँ गठबन्धनबाट कांग्रेसका थापा मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रकाशित मिति: २०२३-०७-१० , समय : १९:०३:५३ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित