सप्तरीमा एमाले नेताहरु सवार कार दुर्घटना हुदा ५ जना घाइते

मिति: २०२३-०७-१४ , समय : १९:४८:४४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीमा नेकपा(एमाले)का नेताहरु चढेको कार शुक्रवार दुर्घटना हुँदा पाँच जना घाईते भएको छ । जिल्लाको जण्डोल–बनौली सडकखण्ड अन्तर्गत अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा न.४ छ्पकीमा शुक्रबार एमाले नेताहरू चढेको कार दुर्घटनामा कंचनपुरबाट राजविराजतर्फ जाँदै गरेको कंचनपुर सहरी खानेपानी तथा सरसफाइ आयोजना सप्तरीको बा–प्र ०१–०२७ च ४६४७ नम्बरको कार आफै अनियंत्रित भई दुर्घटना हुँदा एमाले जिल्ला स्तरीय नेताहरु घाईते भएको सप्तरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा नेकपा( एमाले) जिल्ला समिती सदस्य बच्चुलाल चौधरी, भुवन केसि, हरिहर बस्नेत, किरण पन्थी, सुनिता कटुवाल घाईते भएको नेकपा एमाले जिल्ला सदस्य योगेन्द्र प्रसाद चौधरीले सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।
घाईतेहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको तथा उनीहरुको अबस्थामा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनीहरु एमाले जिल्ला कमिटी सप्तरीको पुर्ण बैठकमा सहभागी हुन राजविराज जाँदै थिए ।

प्रकाशित मिति: २०२३-०७-१४ , समय : १९:४८:४४ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्