सप्तरीमा पनि पशु चौपायाहरुमा ‘लम्पी स्किन’ रोगको प्रकोप

मिति: २०२३-०७-१४ , समय : १९:५१:४१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीमा समेत पशु चौपायाहरुमा लम्पी स्किन रोगको प्रभाव बढदौ अवस्थामा रहेको छ । यति बैला मुलुकको बिभिन्न जिल्लामा फैलिएको लम्पी रोगबाट सप्तरीमा समेत पशु चौपाया मर्न लागेको हो । लम्पी स्किन रोगबाट केही दिन अगाडी छिन्नमस्ता गाउँपालिका वडा न.–५ लोखरमस्थित छिन्नमस्ता पोल्ट्री तथा कृषि फर्ममा लम्पी स्किन रोगबाट २ वटा गाईको मृत्यु भएको फर्मको संचालिका पुनिता मिश्रले बताईन् । त्यस्तै, तिलाठी कोईलाडी गाउँपालिक वडा न.–१ तिलाठी निवासी हरिदेव झाको गाई पनि लम्पी स्किन रोगबाट मरेको बताउनु भयो ।
राजविराज पशु अस्पतालका प्रमुख प्रभात कुमार झाका अनुसार सप्तरीमा लम्की रोगबाट अहिलेसम्म २५/३० वटा भन्दा बढी पशु चौपायाको मृत्यु भएको बताउनु भयो । सप्तरी जिल्लामा १८ वटै पालिकामा लम्पी रोगको प्रभाव ३ देखी ५ प्रतिशतमा देखा परेको उहाँले बताउनुभयो । सप्तरीका सप्तकोशी र डाकनेश्वरी नगरपालिकामा अलि बढी प्रभाव परेको थियो अहिले अवस्था सामान्य भएको उहाँले बताउनु भयो । उहाँले यो रोग तिरहुत,रुपनी,तिलाठी कोईलाडीगाउँपालिकाको साथै शम्भनाथ,राजविराज नगरपालिका सहित अन्य पालिकामा समेत छिटफुट प्रवाह परेको बताउनु भयो । यो रोगको प्रभाव गाईमा बढी परेको छ र गाईबाट अरुमा सजिलै सर्छन । लम्पी रोग लागेको गाई गोरुलाई सुरुमा उच्च ज्वरो आउँने, खाना खान नरुचाउने कमजोरी हुने र शरीर भरि गाँठ–गाँठ जस्ता देखा पर्छन । ‘अहिले यसको भेक्सीन समेत निस्की सकेको हो,बजारमा अहिले भेक्सीन पाउँन सजिलो नभए पनि केही दिन भित्र सहजै उपलब्ध हुने जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०७-१४ , समय : १९:५१:४१ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित