मधेस प्रदेश : पाँच हजार घुस लिने कम्प्युटर अपरेटरलाई सात दिन कैद

मिति: २०२३-०७-१४ , समय : १९:५७:३८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
विशेष अदालतले एक घुस मुद्दामा फैसला गर्दै सात दिन कैद सजाय सुनाएको छ। शुक्रबार विशेषका न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला गरेको हो।

जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई सात दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको हो। उनीमाथि गत पुसमा मुद्दा दायर भएकोमा ६ महिनाभित्रै फैसला आएको छ।

करारमा काम गरिरहेका यादवले जग्गा फुकुवा गर्नका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग दुई पटकमा गरी जम्मा ११ हजार रुपैयाँ लिएको अख्तियारको अनुसन्धानले देखाएको थियो।

भाद्र २०७९ मा ६ हजार र पछिल्लो पटक ३१ असोज २०७९ मा पाँच हजार रुपैयाँ लिएको पुष्टि भएपछि उनीमाथि मुद्दा चलाइएको थियो। यो मुद्दालाई विशेषले ६ महिनाभित्रै किनारा लगाउँदैक कसूर कायम हुने फैसला गरेको छ।

प्रकाशित मिति: २०२३-०७-१४ , समय : १९:५७:३८ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित