सप्तरीमा करेन्ट लागेर भैंसीको मृत्युु , दुई घण्टा राजमार्ग अवरुद्घ

मिति: २०२३-०७-१४ , समय : २०:१५:१८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीमा करेन्ट लागेर भैंसीको मरेको बिरोधमा पूर्व पश्चिम लोकमार्गमा दुई घण्टा चक्काजाम गरिएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहस्थित विद्युत पोलमा छुन पुग्दा एक भैंसी मरेको छ । नगरपालिकाको वडा नम्बर ३ पोर्ताहाका भरत शर्माको भैंसीलाई करेन्ट लागेर मरेको हो । विद्युतको जम्फर तार पोलमा टाँसिएपछि भैंसीलाई करेन्ट लागेको थियो । करेन्ट लागेको भैसीको घट्नास्थलमै ज्यान गएको छ ।
भैंसी मरेपछि मुचुल्का उठाउनुपर्ने र क्षतिपूर्ती उपलब्ध गराउनुपर्ने भन्दै भैंसीधनी र स्थानीयले पूर्व पश्चिम लोकमार्गस्थित भारदह सडक खण्डमा साँझ ५ बजेदेखि चक्काजाम गरेका थिए । यता क्षतिपूर्ती दिलाउने सहमतिपछि चक्काजाम खोलिएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०७-१४ , समय : २०:१५:१८ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित