आज साउन महिनाको पहिलो साेमवार, शिवमन्दिरमा भक्तजनको भिड
मिति: २०२३-०७-१७ , समय : ०९:३८:२२ , गामघर डेस्क
मिति: २०२३-०७-१७ , समय : ०९:३८:२२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । आज साउन महिनाको पहिलो सोमवार । साउनको सोमवार पशुपति लगायत देशभरका शिवमन्दिरमा भक्तजनको भिड छ ।
बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिनुभयो । जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् त्यहीँ ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुुभयो ।
सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात् मलमास परेको छ । अधिकमास परेको बेला व्रत गर्ने कि नगर्ने भन्ने धेरैमा अन्योल छ । तर साउने सोमवारको व्रत नित्य हुने भएकाले अधिकमासले फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले साउनका सबै सोमवार व्रत बस्न उपयुक्त हुने बताउनु भएको छ । यस्तै, आज सोमवार औँसी पनि हो । सोमवार औँसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । यसेबिच सप्तरीको राजविराज स्थित हरिनन्देश्वर महादेव मन्दिर , शम्भुनाथ स्थित शम्भुनाथ मन्दिर , महादेवा स्थित महादेव मन्दिर , लालापटि स्थित लालेश्वरनाथ मन्दिर लगायतका शिव मन्दिरहरुमा भक्तजनहरुकाे भिड लागेको छ ।
प्रकाशित मिति: २०२३-०७-१७ , समय : ०९:३८:२२ , 2 years अगाडि