बिचित्र समाज : सप्तरीमा एक १७ वर्षीया नाबालिकामाथि सामूहिक बलात्कार, चार जना पक्राउ
मिति: २०२३-०७-१८ , समय : १३:२०:१२ , गामघर डेस्क
मिति: २०२३-०७-१८ , समय : १३:२०:१२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक नाबालिकामाथि सामूहिक बलात्कार भएको छ । कञ्चनरुप नगरपालिका वडा नम्वर १२ धर्मपुर टोलमा गत शुक्रवार राति १७ वर्षीया नाबालिकामाथि सामूहिक बलात्कार भएको हो ।
बलात्कार घटनाका योजनाकारसहित चार जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायव उपरीक्षक डिएसपि दिपककुमार राईले जानकारी दिनुभयो । ‘घटनामा संलग्न रहेका चारै जनालाई हामीले नियन्त्रणमा लिएका छौं’ उहाले भन्नुभयाे साे बिषयमा थप अनुसन्धान भइरहेको छ ।’
उहाका अनुसार सोही वडाका ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दिपेश सुबेदीलाई पक्राउ गरिएको छ ।
कैलाशले नै सुदिप, मनोज र दिपेशलाई बलात्कार गर्न निर्देशन दिई आफ्नै अगाडी बलात्कार गर्न लगाएको वयानको क्रममा पाइएको प्रहरीले जनाएको छ ।
‘शुक्रवार मध्येराति ती नाबालिकाको घरमै पसेर चारै जनाले कोही नबस्ने छेउको घरमा पुर्याएर कैलाशको निर्देशनमा पालै–पालो सुदिप, मनोज र दिपेशले बलात्कार गरेको जाहेरीका साथै बयानबाट पनि खुल्न आएको छ’ प्रहरी श्रोतले जनाएको छ ।
यता घटनापछि ती नाबालिकाले आफ्नो घरमा सुनाएपछि जाहेरी आएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०७-१८ , समय : १३:२०:१२ , 2 years अगाडि