सिरहाको लहानमा एक वृद्धको शव फेला….
मिति: २०२३-०७-१८ , समय : १६:४६:५३ , रामएकवाल राम
मिति: २०२३-०७-१८ , समय : १६:४६:५३ , रामएकवाल राम
रामएकवाल राम
लहान । सिरहामा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । सिरहाको लहान नगरपालिका १० गुदिगाउँस्थित मंगलबार सडकमा एक पुरुषको शव फेला परेको सिरहा प्रहरीले जनाएको छ ।
सिरहाकाे लहान नगरपालिका वडा न.– १४ बस्तीपुर स्थित छोराबुहारीको घरमा आएका करिब ७० वर्षीय गंगाबहादुर परियारको शव भेटिएको हो । लहान नगरपालिका– १७ रुम्जाटार घर भएका परियार केही दिन पहिले लहान– १४ बस्तीपुरमा बसोवास गर्दै आएका छोराबुहारी भेट्न आएको स्थानीयहरुले बताएका छन् ।
सोमबार अत्यधिक मदिरा सेवन गरी साँझ घर फर्किने क्रममा सडकमा लडेको र बिहान मृत फेला परेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । शवको प्रकृति हेर्दा अत्यधिक मदिरा सेवन गरेजस्तो देखिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए ।
उनका अनुसार शव पोस्टमार्टमका लागि लहान प्रादेशिक अस्पताल पठाइएको छ ।
प्रकाशित मिति: २०२३-०७-१८ , समय : १६:४६:५३ , 2 years अगाडि