सप्तरीमा अख्तियारको टोली देखेपछि घुस रकम फालेर भागे सब-ईन्जिनियर…

मिति: २०२३-०७-२० , समय : २०:११:५४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको राजविराजस्थित सामाजिक विकास इकाईका सब-ईन्जिनियर अजय कुमार साफीले लिएको घुस रकम अख्तियारको टोलीलाई देखेपछि फालेर भागेका छन् ।

सिरहाको नवराजपुर गाउँपालिका वडा न. १ स्थित विद्यालयमा भवन निर्माण गरेको रकम निकासाका लागि उपभोक्तासंग सब-ईन्जिनियर साफीले ८० हजार रूपैया घुस मागेका थिए । तर उपभोक्ताले ७५ हजार घुस दिन तयार भएपछि सब-ईन्जिनियर साफीले बोलाएर तत्काल १५ हजार रुपैयाँ बुझेका थिए ।


घुस रकम बुझेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीको टोली पुगेपछि सब-ईन्जिनियर साफी भागेका हुन् । उनले उपभोक्ताबाट बुझेको रकम फोहोर फाल्ने ठाउँमा फ्याकेर भागेको बुझिएको छ ।

स्मरण रहाेस सामाजिक विकास इकाई मधेश प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत रहेको छ ।

प्रकाशित मिति: २०२३-०७-२० , समय : २०:११:५४ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित