उप प्रमुख मीरा यादवको दोहोरो नागरिकता प्रकरणमा अदालतबाट १ लाख धरोटी लिई तारेखमा रिहा

मिति: २०२३-०७-२४ , समय : १८:४२:४२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उप प्रमुख मीरा कुमारी यादवले दोहोरो नागरिकता लिएको मुद्दा माथीको सोमवारको बहसपश्चात १ लाख धरोटी लिई तारेखमा रिहा भएको छ ।
सप्तरी अदालतका न्यायाधीश हरिश्चन्द्र इंगनामको इजलासबाट सो आदेश भएको हो ।
जाहेरबालाको तर्फबाट सरकारी वकील गौकुल निरौलाका साथै हेमनारायण चौधी, सुभाष यादव र पुण्यप्रसाद यादवले बहस गरेका छन् । त्यस्तै प्रतिवादीको तर्फबाट अधिबक्ता भरत प्रसाद यादव,भानु निरौला,रामकुमार यादव,सुरेश सिह,फुलनारायण यादव,हरी प्रसाद यादवले बहस गरेका छन् ।
जाहेरबालाको तर्फबाट कानुन व्यवसायीले दोहोरो नागरिकता लिएकी उप प्रमुख मीरालाई पुर्पक्षका लागि थुनामा राखेर अन्य अनुसन्धान गर्न राय दिएका छन् ।
उपप्रमुख मिरा र उहाँका पति महेन्द्र कुमार यादव बिरुद्ध नागरिकता सम्बन्धी कसुर मुद्दामा जेठ ५ गते उच्च अदालत जनकपुर राजविराज इजलासबाट परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
डाक्नेश्वरी नगरपालिका वडा न.३ का कृष्णकुमार यादवले दिएको जाहेरीको आधारमा प्रहरीले मुद्दा दायर गरेको छ ।
उपप्रमुख मिराकुमारी यादव र उहाँका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको जाहेरीकर्ताको भनाई छ ।
यहीं प्रकरणमा उपप्रमुख मीरा यादवका पति महेन्द्र फरार छन् ।

प्रकाशित मिति: २०२३-०७-२४ , समय : १८:४२:४२ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित