मधेश प्रदेशः दशगजामा एक नेपाली पुरुषको शव फेला
मिति: २०२३-०७-२५ , समय : १६:३१:३० , गामघर डेस्क
मिति: २०२३-०७-२५ , समय : १६:३१:३० , गामघर डेस्क
गामघर डेस्क
जनकपुर ।
भारतीय सीमा क्षेत्र नजिक मधेस प्रदेशको सर्लाहीको मलंगवामा एक पुरुषको शव फेला परेको छ ।
मलंगवा नगरपालिका १ भेडियाही स्थित लडकवा नाका नजिक दशगजा नजिक नेपालतर्फ २५ देखि ३० वर्षजस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।
मंगलबार दिउँसो सुनसान धानखेतमा गाउँलेले शव देखेपछि प्रहरीमा खबर गरेपछि घटना बाहिर आएको हो ।
रगतको टाटा लागेको र धानहरु माडिएको हेर्दा मृतकलाई भारततर्फ हत्या गरेर घिसार्दै दशगजा कटाउँदै नेपालतर्फ फालिएको देखिएको प्रहरी उपरीक्षक सुबेदीले भने ।
शवको पहिचानका लागि भारतीय सुरक्षानिकायसँग सम्पर्कको प्रयास भईरहेको प्रहरी उपरीक्षक सुबेदीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०७-२५ , समय : १६:३१:३० , 2 years अगाडि