प्रदेश सांसद माला कर्णले आ.ब. २०७९/०८० मा सम्पन्न गरेको योजनाहरु सार्वजनिक

मिति: २०२३-०७-२६ , समय : १९:१०:३२ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
नेकपा (माओवादी केन्द्र)बाट समानुपातिक प्रदेश सांसद मालाकुमारी कर्णले आ.ब. २०७९/०८० मा सम्पन्न गरेको योजनाहरु सार्वजनिक गरेकी छन् ।
सांसद कर्णले बुधबार पत्रकार सम्मेलन गरी आफ्ना संसदीय विकास कोष मार्फत प्राप्त गरेको ९५ लाख र प्रशासनिकतर्फ प्राप्त भएको ५ लाख रकमले सम्पन्न गरिएका कामको सार्वजनिकीकरण गरेकी हुन् ।उहाँका अनुसार ४० लाखको लागतमा खडक नगरपालिका ६ स्थित खडक बहुमुखी क्याम्पसको भवन निर्माण, ५ लाखको लागतमा छिन्नमस्ता गाउँपालिका ६ कुपहीस्थित पोखरीमा छठ घाट निर्माण, १५ लाखको लागतमा छिन्नमस्ता गापाका ७ स्थित हाटीमा पक्की नाला निर्माण गरिएको बताइन ।
यस्तै, १४ लाख ५० हजारको लागतमा पुर्व पश्चिम् राजमार्गदेखि खडक नपा ६ सम्म ग्राभेल सडक निर्माण, ६ लाखको लागतमा खड्क नपा १० स्थित डङराहीमा कल्भर्ट तथा शौचालय निर्माण, ५ लाखको लागतमा खडक नपा ४ मा विश्राम स्थल, ५ लाखको बजेटले खडक नपाको सबै वडालाई समेटेर मैनबत्ती तालिम र ४ लाख ५० हजारको बजेट्मा ब्युटिसियन तालिम दिइएको सांसद कर्णले बताइन् ।संसदीय विकासको बजेट संचालन गर्दा ५ लाख प्रशासनिक खर्च भएको उहाँले बताइन ।
देशको हितमा काम गरि सुशासण,पार्दशिता, भ्रष्टाचार न्यूनीकरण, स्वस्थ्य राजनीतिक, सार्वजनिकिकरण सबैको कर्तव्य भएकाले सोही कर्तव्य बुझी आफ्नो सम्पुर्ण कामको सार्वजनिक गरेको उहाँले बताइन् ।
उहाँले नेपालको शान्तिपूर्ण राजनीतिमा नेकपा माओवादीको यात्रासँगै संविधान सभाको निर्वाचन पछि समाजवादी यात्राको सुरु भएको जिकिर गर्दै नेपाली जनताका लागि समाजवाद कार्यान्वयनको दायित्व बनेर हाम्रो सामु आएको बताइन । उहाँले समाजवाद राजनीति कार्यक्रम नभएर समतामूलक सामाजिक व्यवस्था रहेकोले योग्यता अनुसारको काम र काम अनुसारको दामको व्यवस्था रहेको बताइन । उहाँले सार्वजनिक पद धारण गरेका हरेक नेपालीलाई सूचना दिने दायित्व हो, जसले सहभागिता, पारदर्शिता, जवाफदेहिता, सुशासन, कामको दिगोपन र जनताको प्रत्यक्ष सन्तुष्टीसंग जोडिएको हुनाले यस किसिमको संयोजनले विकासलाई अघि वढाउंन मदत पुग्ने विश्वाश ब्यक्त गरिन । उहाँले हाम्रो पार्टीले लिएको सुशासन, न्यायपूर्ण समाज निर्माणको लक्ष्य अनुरुप हामी आफैबाट लागू गर्नुपर्नै पक्षमा आफु रहेको प्रेस सेन्टर सप्तरीले आयोजना गरेको पत्रकार सममेलनमा आफनो कुरा राखेकी थिइन ।

प्रकाशित मिति: २०२३-०७-२६ , समय : १९:१०:३२ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित