सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु
मिति: २०२३-०७-२७ , समय : १४:०४:३४ , गामघर डेस्क
मिति: २०२३-०७-२७ , समय : १४:०४:३४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्युु भएको छ ।
बुधबार साँझ जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका ४ बनौलि बस्ने २५ वर्षीय मुकेश कुमार यादवको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफ्नै खेतमा पानि तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेका यादवलाई छिन्मस्ता अस्पताल राजविराज सप्तरीमा उपचार भईरहेकोमा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता नरेशकुमार सिंहले जानकारी दिनुभयो ।
यता साे सम्बन्धमा थप अनुसंधान भैरहेको प्रहरीले जनाएका छन् ।
प्रकाशित मिति: २०२३-०७-२७ , समय : १४:०४:३४ , 2 years अगाडि