मधेश प्रदेश : आगलागीमा झण्डै ३५ लाख बराबरको क्षति

मिति: २०२३-०७-२८ , समय : १४:५७:०३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर ।
मधेस प्रदेश पर्साको वीरगन्ज महानगरपालिकामा पोलिथिन पाइप ईन्डष्ट्रिजमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

शुक्रवार बिहान वीरगञ्ज–१९ विन्दवासिनी चोक बस्ने ज्ञानलाल साहको बाबा पोलिथिन पाइप ईन्डष्ट्रिज प्रालिमा विद्युत् सर्ट भई आगलागी हुँदा फ्याक्ट्रीभित्र रहेका मेसिनहरू जलेका छन् ।

आगलागीको कारण करिब ३५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीकाे अनुमान छ ।

त्यसैगरी ताप्लेजुङ, सिदिङवा गाउँपालिका–६ मेहेले फलामेखानी बस्ने दीपक बुढा क्षेत्रीको घरमा विद्युत् सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा नगद ३० हजार रुपैयाँ, लत्ताकपडा, भाँडा वर्तन लगायतका सामानहरू जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रकाशित मिति: २०२३-०७-२८ , समय : १४:५७:०३ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित