अस्पताल विकास समिती कर्मचारी युनियनको अध्यक्षमा डा. अमित यादव निर्वाचित

मिति: २०२३-०८-०६ , समय : ०६:२३:१६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल विकास समिती कर्मचारी युनियनको अध्यक्षमा डा. अमित यादव निर्वाचित भएको छ । अस्पताल विकास इकाई समितिको चौथो अधिवेशनबाट डा. यादव सर्वसम्मत निर्वाचित भएका हुन ।
त्यस्तै समितिकाे उपाध्यक्षमा उतमलाल साह ,कोषाध्यक्षमा दिनेश यादव र सचीवमा सन्तोष यादव रहेका छन भन्ने
सदस्यहरुमा दिलिप यादव , माहानारायान यादव (बेचन यादव )
लगायतलाई सर्वसम्मत चयन भएको छ । यता नवनिर्वाचित सम्पूर्ण पदाधकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन ।

प्रकाशित मिति: २०२३-०८-०६ , समय : ०६:२३:१६ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित