मधेस प्रदेश : सशस्त्र प्रहरीद्वारा ९ लाख मूल्य बराबरको अवैध समान बरामद

मिति: २०२३-०८-०६ , समय : ०८:४५:३३ , महेश सिंह

तस्बिर : सामाजिक सन्जालबाट

महेश सिंह

सिरहा । सशस्त्र प्रहरी बल सिरहाले ९ लाख मूल्य बराबरको अवैद्य समान बरामद गरी कारवाहीको लागि पठाएको छ ।
सशस्त्र प्रहरी बल सिरहाका प्रमुख (एसपी) प्रमोद कुमार भारतीको गोप्य अपरेशनपछि ९ लाख मूल्य बराबरको अवैद्य समान बरामद गर्न सफल भएको हो ।

शनिबार दिउँसो ३ः३० बजेको समयमा सिरहाको भगवानपुर गाउँपालिका वडा नं. ३ मरिकटोलस्थित भारतबाट ल्याउँदै गरेको अन्दाजी ६ लाख ४८ हजार मूल्य बराबरको अवैद्य लत्ताकपडा, चप्पल लगायतको समानहरु बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल सिरहाले सो स्थानबाट तीन वटा मोटरसाईकलसहित ९ लाख ४८ हजार मूल्य बराबरको समान बरामद गरेको हो । एसपी भारतीले गोप्य अपरेशन चलाउँदै गाउँस्तरबाट पक्राउ गर्न सफल भएको हो । प्रहरीलाई देख्ने वित्तिकै तस्करहरुले मोटरसाईकल र समान छाडी भागेको थियो । समानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सिरहा पठाएको हो ।

प्रकाशित मिति: २०२३-०८-०६ , समय : ०८:४५:३३ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित