मधेस प्रदेश सहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना…

मिति: २०२३-०८-०७ , समय : ०८:३७:३१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । नेपालमा मनसुनी वायुसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव परेकाले धेरै ठाउँमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति पनि कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने हुँदा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

प्रकाशित मिति: २०२३-०८-०७ , समय : ०८:३७:३१ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित