क्यान्सर पीडित मुखियाको उपचारको लागि अमेरिकामा बस्दै अाइरहेका नेपाली युवाहरु द्वारा अार्थिक सहयोग
मिति: २०२३-०८-१० , समय : १७:४८:०३ , शुभ नारायण यादब
मिति: २०२३-०८-१० , समय : १७:४८:०३ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज । अार्थिक अभावले जीवन मरणकाे दाेधारमा रहेका सप्तरीकाे छिन्नमस्ता गाउँपालिका वडा नं. ३ गोविन्दपुर निवासी विद्यालाल मुखियाकी पत्नी फुलो देवी मुखियालाई अमेरिकाबाट युवाहरुले अार्थिक सहयोग गरेका छन । क्यान्सर पीडित मुखियाको उपचारको लागि अमेरिकामा बस्दै अाइरहेका बिमलेन्द्र साफी लगायत १८ जना युवाहरुले अमेरिकाबाट रू १ लाख १४ हजार ८ सय ७ रूपयाँ सहयोग प्रदान गरेकाे हाे । मानवताकाे नाताले स्थानीय महेश कुमार शर्मा, नुनु मुखिया, मुकेश यादव लगायतको पहलमा अमेरिका बस्दै अाएका नेपाली युवाशरुले साे रकम अार्थिक सहयोग गरेकोमा पिडित परिवारले धन्यवाद समेत ब्यक्त गरेको छ । “सेवा नै धर्म हो” भन्ने उदेश्यले फुलो देवी मुखिया एक विपन्न,गरीब र असाध्यै आर्थिक अबस्था कमजोर भएकी ब्यक्ति हुन। उनकाे हाल बी.पी.कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचाररत रहेकी छिन।अब उनी आर्थिक अभावको कारणले उपचारबाट बन्चित हुने अबस्थामा पुगेकी हुनाले थप उपचारको लागि सहयोगी महानुभावहरुले स्वेच्छिक रुपमा तपसिलको A/C मा सक्दो आर्थिक सहयोग गरि जीवन रक्षा गरिदिनका लागि हार्दिक अनुरोध समेत पिडित परिवारले गरेको छ ।
Name:Baldev mukhiya
A/C N. :35907010001349
Global IME Bank Ltd.
Chhinnamasta Branch, Saptari
जानकारीको लागि सम्पर्क नं 9819795424 र 9852068548
मा अार्थिक रुपमा सहयोग गरिदिनुहुन पिडित परिवारले अनुराेध गरेको छिन्नमस्ता गाउपालिकाका प्रशासकिय अधिकृत महेश कुमार शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०८-१० , समय : १७:४८:०३ , 2 years अगाडि