सप्तरीमा भारतीय स्कारपियो गाडी भन्सार कार्यालयमा बुझाइयाे
मिति: २०२३-०८-१७ , समय : २१:०८:०९ , गामघर डेस्क
मिति: २०२३-०८-१७ , समय : २१:०८:०९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीमा भारतीय स्कारपियो गाडी भन्सार कार्यालयमा बुझाएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
सप्तरीको राजबिराज नगरपालिका वडा नं.५ स्थित राजबिराज तिलाठी तर्फ जाने पक्की सडकको पुर्व छेउमा जिल्ला प्रहरी कार्यालय सप्तरी र राजबिराज भन्सार कार्यालय तिलाठी सप्तरीको संयूक्त गस्ती टोलीले गत २८ गते बीआर ११ जे ९६२४ नम्बर.सेतो रङ्गको स्कारपियो गाडी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको बीआर ११ जे ९६२४ नंम्बरसेतो रङ्गको स्कारपियो गाडीको अन्दाजी मुल्य पच्चीस लाख बराबरको बेवारिसे अवस्थामा फेला पारी आवश्यक अनुसन्धान पश्चात उक्त गाडी गत ३१ गते आवश्यक कार्वाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही सप्तरीमा बुझाईएको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बिहीवार जारी गरेको प्रेस नोटमा उल्लेख गरेको छ ।
प्रकाशित मिति: २०२३-०८-१७ , समय : २१:०८:०९ , 2 years अगाडि