अस्पतालबाट गायव भएको शिशु डाक्टरले ५ लाख बिक्री गरेको खुलासा ….
मिति: २०२३-०८-२३ , समय : ०६:३८:१२ , गामघर डेस्क
मिति: २०२३-०८-२३ , समय : ०६:३८:१२ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु (छोरी) नि:सन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको छ ।
डा. कर्णले भोजपुर हतुवागढी ४ घर भएका २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीया युवतीको सम्बन्धबाट असार १४ गते ग्रिनक्रस अस्पतालमा सामान्य रुपमा जन्मिएकी शिशुलाई मोरङको काटहरी गाउँपालिका २ आर्दश टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
प्रकाशित मिति: २०२३-०८-२३ , समय : ०६:३८:१२ , 2 years अगाडि