आरती साहको परिवारलाई न्याय दिन माग गर्दै समाजवादी महिला संघले बुझाइयाे ज्ञापनपत्र ….

मिति: २०२३-०८-२३ , समय : १९:४५:०२ , गामघर डेस्क

तस्बिर : रमिला साहकाे फेसबुकवालबाट

गामघर डेस्क

राजविराज ।
दाईजोको निहुँमा पतिसहित उनका परिवारद्वारा हत्या गरिएका आरती साहको परिवारलाई न्याय दिन माग गर्दै समाजवादी महिला संघ सप्तरीले अाज सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
समाजवादी महिला संघ सप्तरीले बुधबार सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारी मार्फत सरकार समक्ष साे ज्ञापनपत्र बुझाएको हो ।
संघले बुझाएको ज्ञापनपत्रमा घटनाको सत्यतथ्य छानवीन गरि पीडित परिवारलाई न्याय दिलाउन नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
धनुषा उपमहानगरपालिका वडा न. ९ थापा चौक बस्ने आरती साहलाई दाईजोको निहुँमा उनको पति मोतिबाबु साह र परिवारका सदस्य समेत मिलि जेठ ६ गते मारेको तथा उक्त घटना क्रमलाई लिएर न्यायको लागि विगत ६८ दिन देखि काठमाडौको माइतीघर मण्डलामा पीडित पक्ष धर्नामा बसेको दृश्यले समाजवादी महिला संघ सप्तरीको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
समाजवादी महिला संघ सप्तरीकि अध्यक्ष रमिला साह द्वारा बुझाएको साे ज्ञापनपत्रमा दाईजोको निहुँमा बारम्बार यस्ता महिला हिंसाका घटना घटिरहेको अवस्थाले गर्दा संविधान प्रदत्त महिलाका हकहरु ओझेलमा परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
अहिलेसम्म पनि हिंसाको घटना न्यूनीकरण नहुनुमा सरकारको जिम्मेवारी रहेकोले उक्त घटनाको सत्यतथ्य छानबिन गरि पीडित परिवारलाई न्याय दिलाउनको लागि समाजवादी महिला संघ नेपाल सरकारको ध्यानाकर्षण गराइएकाे साे ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
यता ज्ञापनपत्र बुझ्दै सहायक प्रजिअ अधिकारी माग जायज रहेकोले तुरुन्तै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
समाजवादी महिला संघ सप्तरीका अध्यक्ष रमिला साह नेतृत्वमा रहेको टोलीमा मधेश प्रदेश सदस्य गिता साह, जिल्ला उपाध्यक्ष मन्जु खड्का, उपसचिव आशा कुमारी तामाङ लगायतका महिला नेतृहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०८-२३ , समय : १९:४५:०२ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित