अनेम संघ (क्रान्तिकारी)को पाचौ जिल्ला सम्मेलन सम्पन्न
मिति: २०२३-०८-२८ , समय : २१:३२:३४ , गामघर डेस्क
मिति: २०२३-०८-२८ , समय : २१:३२:३४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । अखिल नेपाल महिला संघ (क्रान्तिकारी )सप्तरीको पाचौ जिल्ला सम्मेलन जिल्ला समन्वय समितिको हलमा एक कार्यक्रम विच भव्यताका साथ सम्पन्न भएको छ ।
अनेम संघ (क्रान्तिकारी )सप्तरीका संयोजक राज कुमारी चौधरीको अध्यक्षता तथा अनेम संघ (क्रान्तिकारी )का केन्द्रिय अध्यक्ष अमृता थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । प्रमुख अतिथी मगरले नेकपा (माओवादी केन्द्र) ले जनतासंग माओवादी विशेष रुपान्तर तिन महिने अभियानमा घरघरमा माओवादी,जनजनमा माओवादी सम्पुर्ण नेता क्रियाशिल हुने बताइन । उनले महिला माथी हुने सवै प्रकारको हिंसा विरुध आम महिला लाग्नु पर्नेमा जोड दिइन । महिला माथी हुने गरेको महिला हिंसा,बोक्सीको आरोप,दाइजो प्रथा लगायतको विकृती विसंगती विरुध अनेम संघ (क्रान्तिकारी ) अवाज उठाउने गरेको बताईन । सो कार्यक्रममा संविधान सभा सदस्य लक्ष्मी चौधरी,मधेश प्रदेश सरकारका पुर्व राज्यमन्त्री रुवी कर्ण,पुर्व प्रदेश सदस्य प्रमिला यादव,मधेस प्रदेस सभा सदस्य मालाकुमारी कर्ण लगायत महिलानेतृले आ आफनो शुभ कामना मन्तब्य ब्यक्त गरेका थिए ।
प्रकाशित मिति: २०२३-०८-२८ , समय : २१:३२:३४ , 2 years अगाडि