भन्सार विधेयक र विद्युत् विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय

मिति: २०२३-०८-३० , समय : ०६:३९:३५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । सरकारले भन्सार विधेयक र विद्युत् विधेयक सङ्घीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।

हिजाे मङ्गलवार बेलुकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले याे निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताउनुभयो ।

उहाँका अनुसार सरकारले प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने, नेपाल र फिलिपिन्सबीच कुटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको पनि बताउनुभयो । यस्तै बैठकले नेपाल प्रशासन सेवा सामूहिकीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय गरेकाे उहाँले जानकारी दिनुभयाे ।

बैठकले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०८-३० , समय : ०६:३९:३५ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्