पत्रकारसंग सम्बन्ध सुमधुर बनाउने ः प्रजिअ थापा
मिति: २०२३-०९-०१ , समय : १९:०६:२४ , गामघर डेस्क
मिति: २०२३-०९-०१ , समय : १९:०६:२४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाको शान्ति, सुरक्षा र सुशासनलाई चुस्तदुरुस्त राख्न प्रशासन र पत्रकार विच सम्बन्ध सुमधुर हुनु आबश्यक रहेको बताउनु भएका छ्न् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा शुक्रबार पत्रकार भेटघाट कार्यक्रममा उहाँले पत्रकार र प्रशासन एकअर्काको परिपुरक रहेकोले दुवै विच सम्बन्ध सुमधुर हुनुपर्ने बताउनु भयो ।
पत्रकार भेटघाट कार्यक्रम प्रजिअ थापाले जिल्लामा शान्ती सुरक्षा तथा सुशासन कायम राख्नको लागि पत्रकारहरुसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उहाँले जिल्लामा हुने सबैखाले बेथिति अन्त्य गर्न सहकार्य जरुरी रहेको बताउदै प्रशासनबाट हुने कमिकमजोरीलाई पत्रकारहरुले निरन्तर खबरदारी गरेमा खराव बाटोमा हिड्नेहरु ठूलो दुर्घटनाबाट जोगिने बताउनु भयो । उहाँले प्रशासन र पत्रकार विचको सहकार्यलाई प्रगाढ बनाउनमा कमि हुन नदिने समेत बताउनु भयो ।
उहाँले पत्रकारको सुरक्षामा कमि आउन नदिने बताउदै प्रशासन र पत्रकार दुबै पक्षको एक–आपसमा सम्मान व्यवहारले सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
सप्तरीमा खुल्ला सिमानाका कारण हुने चोरी निकासी, मिटर व्याज पीडितका नाममा हुने चलखेल, अस्पतालमा रहेको बेथिति, सडक दुर्घटना, स्थानीय तहहरुमा भईरहेको भ्रष्टाचारको घटना, विधुत समस्या, खुलेयाम अखाद्य बस्तुको विक्री वितरण, फोहर व्यवस्थापन, सरकारी कार्यालयमा हुने ढिलासुस्ती, कर्मचारी अभाव र विचौलियाको प्रभाव, लागु औषधको विक्री तथा युवापुस्तामा पारेको प्रभाव, छाडा चौपायाले निम्त्याएको समस्या, सार्वजनिक स्थानहरुमा भइरहेको चोरीका घटना, हत्या तथा अपराधीक घटनामा भईरहेको वृद्धिले शान्ति सुरक्षामा चुनौती थपेकोले यसलाई नियन्त्रण गर्न अग्रसर हुन पत्रकारहरुले सुझाव दिएका थिए ।
प्रकाशित मिति: २०२३-०९-०१ , समय : १९:०६:२४ , 2 years अगाडि