वर्षौदेखि बाटोको पूर्वाधारलाई रोक्दै आएपछि स्थानीयहरु समस्यामा , सम्बन्धित निकाय बेखबर

मिति: २०२३-०९-०३ , समय : १८:३१:०४ , नविन निर्भय यादव

तस्बिर : सामाजिक सन्जालबाट

नविन निर्भय यादव

राजविराज । वर्षौदेखि हिडिरहेको बाटोको पूर्वाधारलाई रोक्दै आएपछि बाटोेले पूणर्ता पाउन सकेन । सप्तरीको राजविराज नगरपालिका २ स्थित राजदेवी मन्दिर उत्तरपूर्व तर्फ पोखरीमाड जाने बाटोको पूर्वाधार रोकिएपछि बाटो मर्मत सम्भार हुन नसक्दा गाउँलेहरुलाई हिडडुल गर्न समस्या भएको छ ।
बाटोको विकल्प नै नभएको करीव १५ घर परिवारलाई वस्तीमा छिर्न ठुलो समस्या भएको स्थानिय धिरेन्द्र कणर्ले गुनासो गरे । उनको अनुसार बाटोको मर्मत सुधारका लागि वडामा पहल गरिएता पनि स्थानिय घनश्याम यादवले योजनानुसारको काम गर्न दिएको छैन । उल्टै बाटोमा फोहोर फाल्ने, टाठी फरीको लगाउने जस्ता कार्यले बाटो अवरुद्घ भएको उनको भनाई छ ।
गत वर्ष वडाले बाटोको पूर्वाधार निर्माण गरेर वजेट रकम समेत पास गरेको थियो । गाउँलेहरुको रोहवरमा बैठक बसाएर छ मिटरको चौडामा बाटो कायम गरी १० लाख रुपैयाँ छुट्टयाएको हो वडा सदस्य मोहम्मद रियाज उद्घिन (मुन्ना)ले बताए । उनको अनुसार वडाध्यक्ष अरुण यादवकै दोस्रो कार्यकालमा भएको निणर्य हो ।
यता घनश्याम यादवको अनुसार यो बाटो होइन मैले भोग चलन गर्दे आएको जग्गा हो यो बाटो निर्माण हुन सक्दैन । गाउँलेहरुको समस्या म बुझ्दिन बाटो कै निकास चाहिएको हो भने नगरपालिकाले छुट्याओस कहाँ कता बाट बाटो निकाल्ने हो ? नगरपालिकाले पनि चासो दिनुपर्ने हो तर किन यसमा ध्यान दिदैन यादवको सुझाव छ ।

प्रकाशित मिति: २०२३-०९-०३ , समय : १८:३१:०४ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित