मधेस प्रदेश : सिरहाकी मिटरव्याजी सुजाता साह जेलचलान
मिति: २०२३-०९-०३ , समय : २१:०३:०४ , गामघर डेस्क
मिति: २०२३-०९-०३ , समय : २१:०३:०४ , गामघर डेस्क
गामघर डेस्क
सिरहा ।
सिरहाकी मिटरब्याजी सुजाता साह पुर्पक्षका लागि जेल चलान भएकी छन् । लिल्ला अदालत सिरहाक अदालतको आदेशमा उनलाई जेल चलान गरिएको हो ।
अदालतका न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । साउन २४ गते मिर्चैया नगरपालिका–६ की ३५ वर्षीय सुजाता मिटरव्याजी आरोपमा पक्राउ परेकी थिइन् ।
उनीमाथि ९ जनाले अनुचित लेनदेनसम्बन्धी मुद्दा दर्ता गराएका छन् । सुजाता सिरहामा लामो समयदेखि मिटरब्याज धन्दा चलाउँदै आएको पीडितहरुको भनाइ छ ।
प्रकाशित मिति: २०२३-०९-०३ , समय : २१:०३:०४ , 2 years अगाडि