सप्तरी ४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्धप्रसाद सिंह यादव पक्राउ

मिति: २०२३-०९-०४ , समय : १७:०३:५१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरी क्षेत्र नं. ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध कुमार सिंह यादव हत्या अभियोगमा पक्राउ परेका छन ।

सिंहलाई सप्तरीकाे सदरमुकाम राजविराजबाट पक्राउ गरिएको हो। वि.स.२०६४ सालमा भएको एउटा हत्या घट्नामा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी फरारको सूचिमा थिए।

सिंहको निर्देशनमा सप्तरीको खाेक्सर प्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो । तत्कालिन बोदे बर्साइन गाविस–४ बाट वि.सं.२०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पु¥याई पाँचवटा गोली हानी उनको हत्या गरिएको थियो।

उक्त विषयमा जाहिरीपरेपछि अदालतमा वयान दिन समेत नगई यादव फरार भएका थिए । अदालतमा हाजिर हुन म्याद जारी भएपनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ ।

फरार रहेकै अवस्थामा उनी ०७९ मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनमा आफै मनोनयन दर्ता देखि लिएर प्रचारप्रसारमा सहभागी भएका थिए । तर प्रहरीले उनलाई पक्राउ गरेन।

मृतककी दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी जाहेरी दिएकी थिईन।

प्रकाशित मिति: २०२३-०९-०४ , समय : १७:०३:५१ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित