सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मिति: २०२३-०९-०५ , समय : १८:१७:१६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सोलारबत्ती जडानलगायतका योजनाको रकम भुक्तानीका क्रममा घुस लिएको आरोपमा अख्तियारले पालिकाका अध्यक्षसहित लेखापाल र एमआइएस अप्रेटरविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

गत साउन ३१ गते अख्तियारको इटहरी कार्यालयको टोलीले विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआइएस अप्रेटर वीरेन्द्रकुमार यादवलाई सेवाग्राहीबाट घुसबापत दुई लाख नगद र तीन लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा यो प्रकरणमा गाउँपालिका अध्यक्षको पनि मिलेमतो देखिएकाले तीनैजनाउपर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०९-०५ , समय : १८:१७:१६ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्