मधेस प्रदेश : अख्तियारको कर्मचारी भन्दै व्यवसायीलाई धम्काएर ठगी गर्ने दुईजना पक्राउ

मिति: २०२३-०९-०५ , समय : २२:०७:३२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
जनकपुरमा अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने दुई जना प्रहरीको फन्दामा परेका छन् । पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका ३ बस्ने ३७ वर्षीय अनिल सिंह र सोही ठाउँका ३२ वर्षीय राहुल सिंह रहेका छन् ।

साउन ११ गतेदेखि भदौ १५ गतेसम्ममा जनकपुरधाम नगरभित्रका विभिन्न ७ वटा पसलहरूमा आफूहरु अख्तियारको कर्मचारी हौं भन्दै व्यवसायीहरुले धम्कमाउने र पैसा उठाउने गरेका थिए ।

कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौं, तपाईंको पसल सिल गर्छौँ, भन्दै धाक धम्की दिई नगद रुपैयाँ असुल गर्ने तथा ठगी गर्ने उनीहरूलाई खोजतलास गरी सोमवार जनकपुरधाम उपमहानगरपालिका ७ भ्रमपुरा चोकस्थितबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

उनीहरूलाई बिआर ३० एबी ८८०४ नम्बरको भारतीय मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए ।

पक्राउ परेका उनीहरूलाई ठगी कसूर शीर्षक मुद्दामा ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित मिति: २०२३-०९-०५ , समय : २२:०७:३२ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्