सप्तरीमा सिमानाका सहज बनाउन जसपा नेपालकाे माग

मिति: २०२३-०९-०८ , समय : १७:१२:२० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीले शुक्रवार सिमा नाकामा आवतजावत सरल,सहज बनाउन माग गरेको छ । जसपा सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउदै सप्तरीमा सिमा नाकामा आम जनतालाई आवतजावत सहज बनाउन माग गरेको हो । जिल्ला अध्यक्ष केदार यादवको नेतृत्वको टोलीले प्रजिअ किरण थापालाई ज्ञापनपत्र बुझाउदै सिमा नाकाहरुमा आम जनतालाई आवतजावतमा सहजता बनाउन आवश्यक पहलकदमी लिन आग्रह गरेका छन ।
सप्तरीमा केही दिन यता नेपाल धुम्न तथा आफान्त भेट्न आउने भारतीय नम्बर प्लेटका मोटरसाइकल यात्रीलाई प्रहरीले केरकार गर्ने, गाडी भंसारमा पठाउने लगायतका क्रियाकलापलाई रोक्न जसपाले माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ थापाले स्थानीय स्तरबाट हुने समस्याको समाधान यहीँबाटै गर्ने तथा यहाँबाट हुन नसक्ने कुराको सम्बोधनका लागि माथिल्लो निकायसंग समन्वय गरि समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
बुझाएको ज्ञापन पत्रमा केही समय यता सप्तरीका प्रहरी प्रशासनले भारतीय नम्बर प्लेटका मोटरसाइकल नेपाल प्रवेशमा रोक लगाउनुका साथै नियन्त्रणमा लिएर भन्सार कार्यालयमा जिम्मा लगाई लिलाम गर्ने जस्ता कार्य भईरहेको थियो । सदियौदेखि नेपाल र भारत विचको ऐतिहासिक सम्बन्धलाई चिस्याउनुको साथै रोटीबेटिको सम्बन्धमा आँच आउनु जस्ता बर्बरतापुर्ण व्यवहारले दुई मित्र राष्ट्र विचको मैत्रीपुर्ण सम्बन्धमा ठाडो चुनौती थपिएको ज्ञापनपत्रमा उल्लेख छ ।
उक्त अबसरमा जसपाका नेताकार्यकर्ताहरुको सहभागीता समेत रहेको थियो ।

प्रकाशित मिति: २०२३-०९-०८ , समय : १७:१२:२० , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित