मधेस प्रदेश : माेटरसाइकलकाे ठक्करबाट एक जनाकाे मृत्यु , दुई जना गम्भीर घाइते

मिति: २०२३-०९-१४ , समय : ०८:५९:३९ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर । माेटरसाईकले साईकलयात्रिलाई ठक्कर दिंदा एक जनाकाे मृत्यु भएको छ भन्ने दुई जना घाईते भएका छन।

महाेतरी जिल्लाकाे गाैशाला नगरपालिका वडा नम्वर २ मावि निगाैल विधालय नजिक वुधारबार साँझ तिर माेटरसाईकलले साईकल यात्रिलाई पछाडि बाट ठक्कर दिँदा माेटरसाईकल चालककाे घटनास्थलमा मृत्यु भएकाे छ भने दुई जना गम्भीर घाईते भएका ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक मनाेज कुमार यादवले जानकारी दिनुभयो ।

प्रदेश २ ०–००१ प ४२५१ नम्वरकाे माेटरसाईकले साईकल यात्रिलाई ठक्कर दिएका हुन्।

मृत्यु हुनेमा गाैशाला न.पा. वडा ५ का विजय कुमार राउतकाेकाे छाेरा साेनु कुमार राउत रहेका छन् । त्यस्तै माेटरसाईकलमा सवार रहेका घाईते रामनगर १ का २० वर्षिय मानव भारती रहेका छन भने अर्काे घाईते आैरही नगरपालिका ४ वस्ने ६८ वर्षिय साेगार दास रहेका छन् ।

यी दुवै मध्ये भारतीलाई उपचारकाे लागि जनकपुर रेफर गरिएकाे छ भने दासकाे उपचार बर्दिवासमा भईरहेकाे छ।

यता मृत्यककाे पाेष्टमा्टमकाे लागि जिल्ला अस्पताल जलेश्वर पठाएकाे इलाका प्रहरी गौशाला इन्चार्ज यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०९-१४ , समय : ०८:५९:३९ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित