सप्तरीको तिरहुत गाउपालिकामा एकथान सिसि क्यामरा पाँच लाख खरिद गरि अनियमितता गरेको खुलासा
मिति: २०२३-०९-१५ , समय : ०७:२७:३० , गामघर डेस्क
मिति: २०२३-०९-१५ , समय : ०७:२७:३० , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको तिरहुत गाउपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा जडान गरेको सिसि क्यामरा खरिदमा अनियमितता गरेको खुलासा भएको छ । पालिकाले ०७९ साल बैशाख २९ गते थ्री स्टार कम्प्युटर्सलाई खरीद गरेको एक सेट सिसि क्यामराको मूल्य ४ लाख ९८ हजार ८ सय ९५ रुपैया श्रेष्तामा देखाएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको हाे ।
प्रतिवेदन अनुसार पालिकाले खरीद गरि ल्याएको सम्पती तथा सामाग्रीको विवरण समेत खुलाइ सातदिन भित्र आम्दानी बाधी लगत अध्यावधिक गर्नुपर्छ तर सो नगरेर आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व नियमावली २०७७ काे नियम ९५ विपरीत गरेको छ । यस्तै पालिकाले खर्च भएर नजाने सामाग्री खरीद गरि विभिन्न सप्लायर्सलाइ ६८ लाख ५९ हजार रुपैया भुक्तानी दिएको छ ।
उल्लेखित सम्पत्ति खरिद संग सम्बन्धित श्रेस्ता परिक्षण गर्दा सम्झाैता बिना खरिद गरेकाे , कार्यालय प्रमुख तथा सप्लायर्सका तर्फबाट प्रमाणित नगरिएकाे ,साेझै टुक्रा गरी खरिद गरिएको ,एकै प्रकृतिकाे सामग्री पटक पटक टुक्रा गरी खरिद गरेकाे पाईयाे प्रतिवेदनमा उल्लेख छ । आर्थिक कारोवारमा आर्थिक नियमावली विपरीत खरीद कारोवार गरेको छ ।
यता खरीद गरेको सामाग्री जिन्सी खातामा दाखिला नगरेको पाइएको जनाउदै प्रतिवेदनले भनेको छ जिन्सी खाता समेत राखेको छैन । साथै खरीद गरिएको सामाग्रीहरुको मुल्य दर समेत यकिन नपाउदा सिसि क्यामरा खरीद खर्चमात्र रहेकोले अनिमितता भएको ठहर छ ।
प्रकाशित मिति: २०२३-०९-१५ , समय : ०७:२७:३० , 2 years अगाडि